रक्षाले बोकेदाह्रीलाई दुर्गा बनेर मुर्गा बनाए पछि….(भिडियो सहित)



श्रीकृष्ण लुईटेल अर्थात बोकेदाह्री कमेडी गीतमा छुट्टै पहिचान बनाएका गायक हुन् । आफ्नै स्वर, शब्द र संगीत रहेको गीत सुनको सिक्रिले चर्चा कमाईरहेको बेलामा उनै बोकदाह्री र भद्रगोलकी रक्षा अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनकै शब्द रहेको दुर्गाले मुर्गा बनाई बोलको गीतमा गायक सिमान्त सन्तोषको स्वर छ । सिमान्त पछिल्लो पटक स्टेज कार्यक्रमहरुमा व्यस्त हुने गायकमा पर्छन ।

भिडियोमा रक्षा दुर्गाको रुपमा देखिएकी छिन जसले बोके दाह्रीलाई फसाएर अर्कैसँग विवाह गर्छिन् । समाजमा देखा परेको तितो यर्थाथलाई व्यंग्य गर्दै यो गीत निर्माण भएको हो । युवराज वाईवाको निर्देशनमा बनेको गीतको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा श्रीकृष्ण, सिमान्त सन्तोष, रक्षासँगै डि गोर्खाली बोईज पनि देखिएका छन् ।

https://youtu.be/HeIXZKkZpHw

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top