हामी कहाँ चुक्यौ ?



rajesh hamal

काठमाडौं, २०७१ चैत्र ३० – हरेक बर्षलाई भित्तामा झुण्डिएको क्यालेन्डरलाई फेर्दै गर्दा हामी व्यक्तिगत, समाज, देश अनि विश्वको समिक्षा गर्छौ । कहिलेकाहीँ क्यालेण्डरसँगै मानिसको जीवन पनि फेरिन्छ ।  तर, विगत केही बर्षदेखिको आँकडा हेर्ने हो भने नेपाली फिल्मका लागि क्यालेन्डर फेरिनु बाहेक अरु केही पनि देखिएको छैन । बर्षभरिको क्यालेन्डर पल्ट्याउदै हेर्ने हो भने नेपाली फिल्म क्षेत्रले केही पनि उपलब्धि हासिल गर्न सकेको छैन । आखिर, किन त ? साँच्चै हामी चुकेका नै हौ त ?

नयाँ बर्ष लागेसँगै आशाका किरणहरु छरपष्ट हुन्छन् । नयाँ बर्षसँगै नयाँ आशा बोकेर कैयौ फिल्मको घोषणा गरिन्छ, शुभकामना थापिन्छ । तर, त्यही बर्ष त्यो फिल्म प्रदर्शनमा आएको अत्तोपत्तो नै हुँदैन ।

साच्चै हामी कहाँ चुक्यौ ?बलिउड फोबियाले गाजेको नेपाली फिल्म बजारमा हामी सधै नै एउटा न एउटा बहाना बनाएर दोष अरु माथि थोपर्छौ । फिल्म नराम्रो बने निर्देशकको गल्ती, राम्रो बने सबै मैले गर्दा भएको हो भन्ने प्रथा हामीले बोकेका छौ ।

यो बर्ष आँकडाका हिसाबले करिब ८३ वटा फिल्म प्रदर्शनमा आएका छन् । बलिउड फिल्मलाई हेर्ने हो भने त यो संख्या १३० को हारहारीमा पुग्छ । अझ, यसैबर्षदेखि त बलिउडसँगै दक्षिण भारतीय  फिल्मको व्यापार पनि नेपालमा सुरु भैसकेको छ । ८३ वटा फिल्म चल्दा हामीले हातमा सेकेण्डमै गन्न सक्ने उपलब्धि पाएका छौ ।

यसैले पाएका कम छौ, गुमाएका धेरै छौ । नेपाली फिल्म यसरी हरेक बर्ष चुक्नुको पछाडि  गल्ती एकको मात्र छैन । नेपाली फिल्मसँग जोडिएर आफ्नो दैनिकी चलाउँदै आएका सबैजसो यो सूचिमा अटेका छन् । फिल्म चल्दा म हिट नचल्दा निर्देशक र निर्माताले गर्दा भनेर पन्छिने बाटो कलाकारले छोड्न जरुरी छ ।
यो बर्ष हिट भएका फिल्मको सूची हेर्ने हो भने भनिदै आएको फरक धारले हावा खाएको छ । फरक धारका फिल्म सबैजसो असफल हुँदा मुलधारकै फिल्म सफल भएका छन् । दर्शक दिमाग खियाउने होइन, हेरुन्जेल रमाइलो दिने फिल्म हेर्न चाहन्छन् भन्ने पुष्टि भएको छ ।नेपाली फिल्म क्षेत्र एउटा ल्याब जस्तो भएको छ । जहाँ जानेका, नजानेका, सिक्दै गरेका आफ्नो सिप परिक्षणका लागि आउँछन् । सबै खालका मानिसको परिक्षण गर्ने केन्द्र बन्दा नेपाली फिल्म हावाहुरी आएको समय जस्तो बनेको छ । जहाँ, धुलो, फोहोरमैला, राम्रा नराम्रा सबै कुरा उडिरहेका हुन्छन् । यी हुन्डरीबाट नेपाली फिल्मलाई नजोगाएसम्म हामी कहाँ चुक्यौ भनेर समिक्षा मात्र भइरहन्छ । हामी यसकारण सफल भयौ भनेर खुशी साट्ने दिन सायदै आउँला ।

 

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top