चलचित्र जुध्दा उद्योग चौपट



  – सन्तोष तामाङ
 नेपाली चलचित्रहरुले राम्रो व्यवसाय गर्न नसक्नुका पछाडि धेरै कारणहरु छन् । ती धेरै कारणहरु मध्ये    प्रदर्शनको क्रममा एक अर्कासँग जुध्नु पनि प्रमुख कारणको रुपमा लिन सकिन्छ ।

नेपालमा जम्मा ५० वटा सिनेमाहलहरु मात्र सञ्चालनमा छन् । यसरी सञ्चालित ५० वटा सिनेमाहलहरुमा करिब  १०० वटा पर्दाहरुsantoshमात्र छन् । जब कुनै हप्ता विशेषत शुक्रबारको दिन नयाँ चलचित्र रिलिज वगरिन्छ । त्यो दिन ३     वा ४ वटा चलचित्रहरु बीच मल्ल लडाई वा भाले भिडन्त भएको देखिन्छ । यसरी एक आपसमा जुध्दा सिनेमाहल  र पर्दा कम पाउँछन् । ती प्रदर्शनरत चलचित्रहरुले ।

यसको परिणाम स्वरुप चलचित्रहरुको व्यवसायमा ठुलो असर पर्दछ । गत शुक्रबार माघ २२ गते बिन्दास ३, सुपरहिट, कैफियत र कसैलाई नभन्नु गरी ४ वटा चलचित्रहरु प्रदर्शनमा आयो ।

यो श्रृंखला लम्बिने क्रम छ किनभने आउँदो शुक्रबार माघ २९ गते पनि प्रेम गीत, क्लासिक र चलेछ बतास सुस्तरी गरी ३ वटा चलचित्रहरु प्रदर्शनको तयारीमा छन् । त्यसैगरी नयाँ वर्ष २०७३ लाई लक्षित गरि नाईँ नभन्नु ल ४, किस्मत–२, रामप्यारी र टापु गरी ४ वटा चलचित्रहरु एक अर्कासँग भिड्न तम्तयार छन् ।
एउटै मितिमा चलचित्रहरु प्रदर्शन गराएर जुधाउनुमा संयोगभन्दा बढी इगो प्रोब्लम देखिन्छ । किनभने हाम्रो देशमा सिमित सिनेमाहलहरु छन् भन्ने जानकारी हुँदा हुँदै प्रदर्शन मिति नसारी यथावत मितिमै राखेर प्रदर्शन गर्न खोज्नु भनेको जानी जानी नियतवश जुधाउनु हो र आफ्नो चलचित्र अरुको भन्दा बढि उत्कृष्ट बलियो र राम्रो छ भन्ने गलत धारणा, भ्रम र अहम् पलाउनु हो । यस बाहेक व्यक्तिगत तिक्तता वा रिस, रागका कारण पनि मिलाप र सम्झौतामा आउन नखोज्नु हो ।

जब धेरै चलचित्रहरु जुध्छन्, तब एक अर्काको व्यवसायलाई ठुलो क्षति पु¥याउँछ । त्यसै गरि चलचित्र हेर्ने दर्शकहरु पनि बाँडिन पुग्छ ।
तसर्थ समग्र चलचित्र क्षेत्रको विकास र राम्रो व्यापारको लागि चलचित्र निर्माता एवम् वितरकहरुले एक अर्का प्रति एकता, प्रेम, सम्मान र

prem geet

सद्भाव राख्नु आवश्यक देखिन्छ । यसो गरेमा सबै प्रदर्शित चलचित्रहरुले पनि राम्रो संख्यामा सिनेमाहलहरु र दर्शकहरु पाउन सक्नेछन् ।

– लेखक नेपाली चलचित्रका नायक हुन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top