चलचित्र क्षेत्र अन्योलग्रस्त



मनोज थापा
काठमाडौं/ गत बैशाख १२ गते गएको भूकम्पले नेपाली चलचित्र उद्योग पूर्णरुपमा बन्द भएको छ । जति अन्य क्षेत्रलाई असर गरेको छ त्यो भन्दा बढि नेपाली चलचित्र क्षेत्रलाई गरेको छ ।

चलचित्र हलहरु पूर्णरुपमा बन्द छ भने चलचित्र सम्बन्धि गतिबिधि पनि ठप्प छ । हुन त देश आज संकटग्रस्त स्थितिमा रहेको बेला नेपाली चलचित्र उद्योग अछुतो रहन सकेन । फेरी चलचित्र भनेको मनोरञ्जनको क्षेत्र भएकोले आम मानिसमा पिडामा हुदाँ मनोरञ्जन प्रति कुनै आसक्त रहन सक्दैनन् ।
देश भरिको हल बन्द अवस्थामा छन् । कति हलहरु त भूकम्पले क्षतिग्रस्त अवस्थामा रहेका छन् । भूकम्पले प्रभाव नपारेको क्षेत्रमा पनि चलचित्रहरु प्रर्दशनमा आउन सक्ने अवस्था रहेको छैन । करोडौंको लगानी रहेको चलचित्र क्षेत्रमा आश्रित हजारौं व्यक्ति बेरोजगार बनेका छन् । भूकम्पले प्रभाव पारेको जिल्लामा यसै चलचित्रकर्मी पनि प्रभावित हुने नै भए ।

नेपाल चलचित्र प्राविधिक संघले दिएको जानकारी अनुसार करिब सय भन्दा बढि प्राविधिकहरुको घर पूर्णरुपमा क्षति ग्रस्त बनेको छ । भने त्यस्तै तिन सय भन्दा प्राविधिक भूकम्पले प्रभावित भएका छन् । चलचित्र क्षेत्रबाट सबै भन्दा बढि प्रभावित पर्दा पछाडि काम गर्ने प्रभावित भएका छन् । एक त घरबार बिहिन हुनुको पिडा त छदैँ छ तर अब पिडा भन्दा पनि जीवन धान्नको लागी समेत अब समस्या पर्ने स्थिति रहेको छ ।

अन्य क्षेत्र जस्तो काम विना तलव आउने क्षेत्र होइन जुन दिन काम गर्‍यो त्यहि दिनको मात्र पैसामा काम गर्ने प्राविधिकहरु अहिले समस्यामा पर्ने भएका छन् । पर्दामा देखिने कलाकारहरु यति खेर राहत वितरणमा लागेका छन् । उनिहरुका लागी त्यति समस्या नहोला तर सबै कलाकारहरुको स्थिती एउटै छैन । जुन जिल्लाहरु भूकम्पले प्रभावित भएका छन् त्यो जिल्ला घर हुने कलाकारहरु पनि समस्या परेका छन् ।

घर बिहिन बन्न पुगेका छन् । धरै कलाकार आफ्नो पिडा भुलेर भूकम्प पिडितको राहत तथा सहयोगमा लागेका छन् कति कलकार एकल प्रयासमा काम गरिरहेका छन त कति समुहमा मिलेर राहत तथा उद्धारमा क्रियाशिल रहेका छन् । नेपाली कला क्षेत्रमा रहेका कलाकर्मीहरुले अहिले भएको विपत्तीमा जुन रुपमा काम गरेका छन् त्यो एक दमै प्रंससनिय रहेको छ । आम मानिसलाई झैं चलचित्रकर्मीलाई भूकम्पले प्रभावित पारेको छ ।
अब कहिले बाट चल्ने चलचित्र क्षेत्र पूर्णरुपमा संचालन आउने निस्चित भएको छैन् । जब नेपाली जनजिवन सामान्य बन्दैन तब सम्म नेपाली चलचित्र क्षेत्रले गति पाउने स्थिति रहेको छैन । १२ गतेको भूकम्प पछि सामान्य बन्न लागेको यस क्षेत्रमा फेरी २९ गते गएको भूकम्पले थप त्रास बढेको छ ।

पहिलेको भूकम्पले १४ जील्ला प्रभावित पारेकोमा पछिको थप ३२ जील्लालाई प्रभावित पारे पछि थप अन्योल थपिएको हो । केहि संचालनमा आए पनि दर्शक नआएपछि बन्द गरिएको छ ।
अहिले आफ्नो घरमा त बस्न डराएको अवस्थामा आनन्दले हलमा गएर चलचित्र र्हेन दर्शक जाने स्थिति रहेको छैन ।
आम मानिसलाई मनोरञ्जन भन्दा पनि सुरक्षित कसरी रहने भन्नेमा नै चिन्तामा रहेका छन् । त्यसैले नेपाली चलचित्र क्षेत्रले गति लिने हो त्यो भन्न नसक्ने स्थितीमा रहेको छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top