आजदेखि देशभर ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाइदै, कहाँबाट लगाउने ?

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड-१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको थियो ।

उक्त पहिलो डोज लगाएर २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *