गीतकार प्रमिला बस्नेतको “को हौ तिमीको “छायाँकन सम्पन्न

विराटनगर ।
क्यानडामा रहेर पनी नेपाली सुगम गीत संगीतमा सक्रिय कलम चलाइरहनु भएका गीतकार प्रमिला बस्नेतको को हौ तिमीमा बोलको गीतको छायाँकन इलाम लगायत पुर्वका विभिन्न रमणिय स्थलमा छायाँकन सम्पन्न भएको छ । गायन विधाको रियालिटि सो द भ्वाइसका प्रतिष्पधी गायक विकाश लिम्बु र नेपाल आइडलकी प्रतिष्पधी ममता गुरुङको स्वरमा रहेको गीतको भिडियो छायाँकन भएको छ ।


गीतमा विकाश चौधरीको संगीतमा रहेको गीतमा माया र प्रेम लाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । विक्रम डिसीको छायाँकन , तिलक रिजालको सम्पादन तथा उषा मलाहा सिम्रनको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा छमछमी का विजेता साजन तामाङको अभिनय रहेको छ उहाँलाई अनुमा राईले साथ दिएकी छन । गीतलाई व्लाइड स्टेपर टिमले गीतलाई कोरियोग्राफी गरेको छ । गीतको भिडियोमा अजय चौधरीमा नृत्य निर्देशन गरेका छन । गीतको भिडियोलाई गीतकार स्यम को च्यानल बाट बाहिर आउने निमार्ण टिमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *