मिस गुरुङ्ग ईन्टरनेशनलको टैलेन्ट राउण्ड सम्पन्न,ग्राण्ड फिनाले आगामी १९ गते शनिवार



मिस गुरुङ्ग ईन्टरनेशनलको टैलेन्ट राउण्ड काठमाडौमा सम्पन्न भएको छ । गुरुङ्ग समुदायका युवतीहरुको कला संस्कृति तथा भाषा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिस गुरुङ्ग ईन्टरनेशनल २०१८ को टैलेन्ट शो राजधानीको कमलादीस्थित सिडब्लु भेन्यूमा भव्य रुपमा सम्पन्न भएको छ ।
ट्यालेन्ट शोमा लायन्स क्लबका प्रेसिडेन्ट तारामान धामी, लायन्स क्लबका सिनियर एडभाईजर अमर बहादुर श्रेष्ठ, सगरमाथा टेलिभिजनका चिफ ईडिटर गणेशमान गुरुङ्ग, पहिलो गुरुङ्ग अभिनेता एवं निर्देशक प्रितम गुरुङ्ग, तथा मिसेस गुरुङ्ग २०१७ का बिजेता सुमना गुरुङ्ग निर्णायक रहेका थिए ।
कार्यक्रममा सहभागीहरू क्रमशः बिनु गुरुङ्ग,सरिता गुरुङ्ग, बुद्धकाशी गुरुङ्ग, प्रमिता गुरुङ्ग,ममता गुरुङ्ग, निशा गुरुङ्ग, एलिशा गुरुङ्ग, ज्योती गुरुङ्ग,पेमा गुरुङ्ग, तलिशा गुरुङ्ग, दिक्षा गुरुङ्ग, ईन्दिरा गुरुङ्ग तथा बविता गुरुङ्गले आफ्ना प्रतिभा प्रर्दशन गरेका थिए ।

नेपाल अधिराज्यभरबाट छनौट भै तालिम लिईरहेका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरे । प्रतियोगीहरुले देखाएको प्रतिभाको निणार्यक मण्डल तथा दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो ।

गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिन लागेको सहयोगार्थ सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनाले आगामी १९ गते शनिवार राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्पन्न हुने जानकारी तृष्णाले दिईन ।

“हन्ट फर दि आइकन अफ गुरुङ सिभिलाइजेसन” मुख्य थिम बोकेको यस प्रतियोगिताबाट संकलित रकम गरिब, असाहय तथा पिछडिएका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने आयोजक डिजाइनर तृष्णा गुरुङले बताइन् ।

नेपाल अधिराज्यभरको अडिसनबाट छनौट भएका प्रतियोगीलाई मिस नेपाल सुगारिका केसी तथा चर्चित कोरियोग्राफरहरुले एक महिने विशेष प्रशिक्षण दिईरहेका छन । प्रतियोगीहरुलाई मिडिया पसर्नालिटी एण्ड विजनेस करियर डेभ्लोमेन्ट, सेल्फ मेकअप एण्ड ग्रुमिङ सेसन, पब्लिक स्पिकिङ, मोटिभेसनल क्लास तथा सेल्फ कन्फिडेन्ट पावर सम्बन्धि प्रशिक्षण भईरहेको छ । उक्त प्रतियोगिताको बिजेता तथा उपाधी बिजेताहरुले स्कुटर, फेशन डिजाईनरमा शत प्रतिशत स्कोलरसिप, थाईलैण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कोलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

दुवई, भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत करीव २० वटा भन्दा बढी फेशन शो आयोजना तथा आफ्ना डिजाईनहरु प्रस्तुत गरि अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल डिजाईनर तृष्णा गुरुङ्गले आयोजना गरेकी मिस गुरुङ्ग ईन्टरनेशनलको पहिलो सिजनको सफलताबाट उत्साहित हुनुका साथै यस समुदायका युवतीलाई अन्तराष्ट्रिय रुपमा आफ्ना क्षमता प्रदर्शन गराउन र पहिचान दिलाउन यस प्रतियोगीतालाई निरन्तरता दिएको जानकारी दिईन ।

स्टायल एडि इन्टरटेमेन्टले इभेन्ट म्यानेजमेन्टको जिम्मा पाएको मिस गुरुङ इन्टरनेसनलको सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top