“मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१८” को आयोजना हुने



धनगढी तथा सो आसपास क्षेत्रमा बसोवास गरि एसइइ परिक्षा दिएर फुर्सदको समयमा बसेका बिधार्थीहरु लक्षित “मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१८” को आयोजना हुने भएको छ । बिधार्थीहरु का लागि बिभिन्न अबसरहरु प्रदान गर्दै उनीहरुका क्षमता लाई थप उजागर गरि ब्यक्तित्व तथा बौद्धिक बिकास गराई भबिस्यमा आउने चुनौती हरुको सामना गर्ने र आफुलाई सक्षम तुल्याउन यो प्रतियोगिता सहि सावित गराउने उदेश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको आयोजक प्लानेट ईन्टरटेनमेन्ट ईन्टरनेशनले जनाएको छ ।
बिगत लामो समय देखी मनोरन्जन क्षेत्रमा अधिराज्य भर बिभिन्न कार्यक्रमहरुको सफल आयोजना गरिसकेको नेपालको स्थापित संस्था प्लानेट इन्टरटेन्मेन्ट ईन्टरनेस्नल प्राली द्वारा आयोजना गर्न लागिएको यस कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई २० देखी २५ दिनको बिभिन्न उपयोगी तालिमहरु  ब्यक्तित्व बिकास, आत्मबिश्वास्, नेतृत्व क्षमता, वाक कला तथा कार्य क्षमता बिकास जस्ता तालिम प्रदान गरी बैशाखको दोस्रो हप्ता अन्तिम प्रतिस्पर्धा गराई उत्कृष्ट छनौट गरिने छ । यस कम्पनी ले यस अघी बिगतका बर्षहरुमा पनि धनगढीमा यही स्तरको तीन वटा कार्यक्रम एस एल सि प्रीन्स एण्ड प्रीन्सेसको नामबाट सफलताका साथ सम्पन्न गराई सकेको छ । जसबाट बिजयी सबै छ जना (पुरुष बाट ३ महिला बाट ३ ) प्रतियोगिहरुलाई पूर्ण छात्रबृती प्रदान गरी धनगढी लगायत काठमाण्डौका कलेजहरुमा अध्यनरत छन । अबको संस्करणमा पनि बिगतको जस्तै बिजेताले जुन सुकै संकायमा पुर्ण छात्रबृती पाउनेछन र सो छात्रबृती काठमाडौं स्थित कलेज पेन्टागन ईन्टरनेश्नलले प्रदान गर्नेछ । त्यस्का साथमा काठ्माडौ कै कलेज वोरिन्ट कलेजले पनि अधिकतम ४ लाख सम्म को छात्रबृती प्रदान गर्नेछ । यसका अलावा विजेतालाई थुप्रै आकर्षक पुरस्कारहरु राखिएको आयोजकले बताएको छ ।
कार्यक्रमका लागि धनगढी स्थित कलेजहरु लगायत धनगढी स्थित मेरो शृङगार्, मोर्डन फेसनको पनि सहकार्य रहने छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top